२०७४ जेठ १ गते १३:५७ विकासन्युज
काठमाडौं । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । प्राप्ति तथा विलय सम्बन्धमा शुक्रबार सम्झौता भएको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । माउन्ट मकालुलाई काबेलीले एक्वाएर गर्ने सहमति भएपछि नेपाल स्टक एक्स्चेञ्जमा माउन्ट मकालुको सेयर कारोबार बन्द भएको छ ।
६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको माउन्ट मकालु थेह्रथुम जिल्ला कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । यस बैंकको सेयर प्रतिकित्ता ६७० रुपैयाँमा कारोबार भईरहेको छ । यस बैंकले चैत मसान्तसम्ममा १५ करोड ५८ लाख निक्षेप परिचालन गरी १५ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ ।
यस्तै, ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको काबेली विकास बैंक धनकुटा कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता ५६० रुपैयाँका किनबेच भईराखेको छ ।
गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिएको यस बैंकले गत बैशाख २७ गते साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
दुई विकास बैंक मर्जभई तीन जिल्ला स्तरको विकास बैंक बन्न लागेको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । दुबै बैंकले ३ करोड ५० लाखका दरले हकप्रद सेयर जारी गर्न लागेको र हकप्रद जारी गरिसकेपछि सेयर पुँजी २६ करोड रुपैयाँ हुने उनले बताए ।
त्यसपछि फेरी १ बराबर १ मत जारी गरी ५० करोड रुपैयाँ पुर्याउने तयारी रहेको उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.