स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत
२०७४ जेठ २ गते १२:३७ विकासन्युज
काठमाडौं । स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख ५ हजार १४० कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरिएको हो ।
मंगलबार बैंकको सेयर प्रतिकित्ता २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।