२०७४ जेठ २ गते १४:३३ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नबनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैक तथा वित्तीय संथा सम्बन्धी ऐन २०७३ को प्राबधान बमोजिम अध्यक्ष केसीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
यस अघि बैंकको संचालक समितिको मिति २०७४/०१/१४ मा बसेको बैठकले रोशन केसी.लाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.