२०७४ जेठ १७ गते १८:०२ विकासन्युज
काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् एस्यूभी महिन्द्रा केयूभी१०० (द यंग एस्यूभी)गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ । उक्त नयाँ केयूभी१०० ले आकर्षक एस्यूभी स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको छ ।
उक्त गाडीले ग्राहकहरुलाई उत्कृष्ट डिजाइन, आरामदायी झनै बढि इन्टिरियर स्पेश, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याब्याक गाडीको मूल्यमा एस्यूभी गाडीको अनुभव प्रदान गराउने कुरामा कम्पनी विश्वस्त छ । यी स्टाइलिश गाडीहरु पर्ल ह्वाइट, एक्वामेराइन, ड्याजलिङ सिल्भर, फ्ल्यामबोएन्ट रेड, फाइरी ओरेन्ज तथा डिजाइनर ग्रे का आकर्षक रंगहरुमा बजारमा उपलब्ध हुनेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.