२०७४ जेठ २४ गते १७:३७ विकासन्युज
काठमाडौं । नबिल बैंक र ब्रिटिस काउन्सिलले आइइएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेका छन् । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले बुधबार बैंकमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागि हुने बिध्यार्थिहरुले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निस्चित शाखाहरुवाट बुझाउन सक्नेछन् । बैंकले यो सेवा यसका काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट आगामी असार ३ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाटआगामी असार ४ गतेदेखिबाट यो सेवा सञ्चालन हुने जनाइएको छ । यस सेवाले अब काठमाडौं बाहिर रहेका बिध्यार्थिहरुलाई समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै अब शुल्क बुझाउन सहज हुनेछ ।
नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले “हाम्रा शाखाहरु मार्फत आइइएलटिएस लगायत अन्य टेष्टको शुल्क संकलन गर्नको लागि ब्रिटिस काउन्सिलसँग साझेदारी गर्नपाउँदा हामीले खुशी महशुस गरेका छौं, यसले विभिन्न स्थानमा रहेका विद्यार्थीहरुलाई बैंकका नजिकका विभिन्न शाखाहरुबाट रकम भुक्तानी गर्न सहज हुनेछ । निकट भविस्यमै हामीले अनलाईन भुक्तानी प्रणालीबाट समेत शुल्क संकलन गर्न गइरहेकोले यसबाट विद्यार्थीहरुलाई अझ सहजता पुग्नेछ । साथै उच्च शिक्षा हाँसिल गर्न चाहाने विद्यार्थीहरुलाई सहायता प्रदान गर्नको लागि ब्रिटिस काउन्सिल जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउनु हाम्रोलागि गौरबको कुरा हो” बताए ।
ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले “हामीले हाम्रो आइईएलटिएस भुक्तानीको लागि हाम्रो साझेदारको रुपमा यस बैंकलाई रोजेका हौं । हामीले यस बैंकबाट सुने अनुसारकै गुणस्तरीय ब्यवसायिक सेवा प्राप्त गर्नेछौं भन्ने अपेक्षा गरेका छौं ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.