२०७४ जेठ २५ गते ११:०६ विकासन्युज
काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ ।
यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । स्रोतका अनुसार परशुराम कुँवर क्षेत्रीलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने सम्भावना उच्च छ ।
क्षेत्रीले यसअघि ग्राण्ड बैंक नेपाल र बैंक अफ एशिया नेपालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । त्यसअघि उनले सिटिजन्स बैंक इन्टरनेशन र नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए ।
‘अनिलकेशरी शाह, किशोर महर्जनसँग पनि कुरा भईरहेको छ । तर क्षेत्रीलाई नियुक्ती गर्ने सम्भावना बढी देखिन्छ’ स्रोतले भन्यो । शाह मेघा बैंकमा सीइओ छन् भने किशोर
महर्जनले हालै सिभिल बैंकबाट अवकाश पाएका थिए ।
जनता बैंकमा प्रमुख कार्यकारी अधिकृत अस्थिर भएको छ । ७ वर्ष पुरा गरेको यो बैंकले अब नियुक्त गर्ने प्रमुख कार्यकारी अधिकृत चौथो हुनेछ ।
संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी सम्हालेका छन् ।
३ बर्षे कार्यकाल सकिएपछि थप कार्यकालको लागि नविकरण नहुँदा पन्त बाहिरीएको थिए । भट्टराई र लम्सालले दुबैले व्यक्तिगत कारण देखाएर राजीनामा गरेका हुन् ।
बुधबार राजीनामा दिएका लम्सालले विकासन्युजसँग कुरा गर्दै थप अध्ययन गर्ने चाहानाको कारण आफूले राजीनामा दिएको बताए । ‘बैंक राम्रो छ, वित्तीय अवस्था सुधार भईराखेको छ, मैले स्वेच्छाले राजीनामा दिएको हुँ’ लम्सालले भने ।
संस्थापक प्रमुख कार्यकारी अधिकृत विजय पन्तले पहिलो तीन वर्ष काम गरेका थिए भने त्यसपछि नियुक्त डा. रमेश कुमार भट्टराई र कुमार लम्सालले २/२ वर्ष मात्र जिम्मेवारी समालेका छन् ।
जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि जनतामा त्रिवेणी विकास बैंक गाभिएको थियो । दुई वटा विकास बैंक गाभेपछि जनता बैंक ठूलो बैंक बन्दैछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.