२०७४ असार १ गते १९:५१ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले डोटीको दिपायल र अछामको मंगलसेनमा दुईवटा शाखा र दैलेखको डाबमा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार शुभारम्भ गरेको छ । यूके एडद्वारा संचालित सक्षम –एक्सेस टु फाइनान्सको सहयोगमा बैंकले असार १ गतेदेखि दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा ४८औं र ४९ औं शाखाको विस्तार गरेको हो भने डाबस्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।
स्थानीय जनतामा वित्तिय पहुँच पु¥याई आर्थिक कारोबार गर्न सहजता प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरिएको हो । शाखा विस्तारपछि साना उद्योग तथा कृषि व्यवसाय संचालन लगायतमा आर्थिक कारोबार गर्न स्थानीयबासीलाई सहजता हुने छ ।
दिपायल शाखाको उद्घाटन गर्दै सुदूर पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शिशिर ढुंगानाले स्थानीय जनतालाई वित्तिय पहुँचका लागि नेपाल इन्भेष्टमेन्ट बैंक र सक्षम–एक्सेस टु फाइनान्सले गरेको सहकार्यको प्रशंसा गर्नुभएको थियो । शाखा विस्तारपछि स्थानीय जनताले साना उद्योग, कृषि व्यवसाय संचालन तथा साना साना आर्थिक कारोवारका लागि लामोसमय खर्चिनुपर्ने अवस्था नरहने क्षेत्रीय प्रशासक ढुंगानाको विश्वास छ ।
“अछाम, दिपायल तथा दैलेख जस्ता सुदूर क्षेत्रमा शाखा विस्तार गर्ने थोरै बैंकमध्ये एनआईबिएल पनि रहेकोमा, उहाँहरुसँंग सहकार्य गर्दा गर्व लागेको छ”(सक्षमका टिम लिडर बलजित बोहोराले भने–“ हाम्रो बैंकसंगको सहकार्यको उदेश्य पनि विकट क्षेत्रका जनतालाई आर्थिक कारोवारमा वित्तिय पहुँच पु¥याई उनीहरुको जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्याउनु हो ।”
रु.८ अर्ब ७४ करोड चुक्ता पूंजी रहेको बैंकको कूल निक्षेप रु.१ सय १९ अर्ब पुगेको छ भने कूल कर्जा रु.१ सय ०२ अर्ब छ । बैंकले २०७३ चैत मसान्तसम्ममा रु.२ अर्ब ३७ करोड मुनाफा गर्न सफल भएको छ । आफ्ना ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई ४९ वटा शाखा, दुई वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटिएम तथा ५७ वटा शाखारहित बैंकिङ कारोवारबाट सेवा पु¥याउँदै आएको छ । बैंकको हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ । इन्भेष्टमेण्ट बैंकले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) बाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ ।
यूके एडको आर्थिक सहयोगमा लुइस बर्जरलेले डिएफआईडी नेपालको लागि सक्षम–एक्सेस टु फाइनान्स कार्यक्रम कार्यान्वयन गरेको हो । सार्वजनिक र निजी संघ संस्थासंगकोे सहयाकार्यमा सुदूर पश्चिम तथा मध्यपश्चिमका विकट क्षेत्रहरुमा सक्षमले आफ्नो ५ वर्षे योजनाअन्तर्गत स्थानीयको आर्थिक स्तर वृद्धिमा सहयोग पुर्याउदै आएको छ । विकट क्षेत्रमा आर्थिक पहुँच पु¥याउने योजनाअन्तर्गत नै सक्षमले एनआईबिएलसंग शाखा विस्तारमा सहकार्य गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.