२०७४ असार ५ गते ८:३० विकासन्युज
काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट नेपाली टीभीमा विदेशी च्यानल आउँदा विज्ञापनरहित हुनुपर्ने नीति (क्लिन फिड) कार्यान्वयन गर्ने भएको छ । सरकारले क्लिन फिड कार्यान्वयन गर्दा नेपालमा कुनै पनि भारतीय च्यानल नआउने भएका छन् ।
यी च्यानलको नेपाल फिड नभएकोले सबै भारतीयसहितका विज्ञापनसहित आउने अन्य विदेशी च्यानल पनि बन्द हुने केवुल व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुलीले बताए । उनका अनुसार सरकारले भर्खरै डिजिटलमा अनिवार्य जानुपर्ने र क्लिन फिडमा पनि जाने गरी एकैपटक दुइटा नीति अगाडि सार्यो । यो नीति आफैंमा राम्रो भएपनि प्राविधिक समस्याका कारण कार्यान्वनय नै चुनौतिपूर्ण देखिएको छ
पराजुलीका अनुसार तत्काल क्लिन फिड कार्यान्वयन गर्न चुनौतिपूर्ण छ । सरकारले ल्याएको नीति कार्यान्वयन भैहालेको अवस्थामा कुनै पनि विदेशी च्यानल नआउने भएको छ ।
साउन १ देखि यो क्लिन फिड नीति कार्यान्वयपछि आउने समस्यालाई केवल व्यवसायी महासंघले कार्यान्वयन गर्ने परे सांकेतिक विरोधस्वरुप साउन अगाडि नै लागू गरेर कुनै पनि विदेशी च्यानल नराखी नेपाली सिग्नल मात्रै देखाएर त्यसको प्रतिकृया लिने तयारीमा पनि छ । पराजुलीका अनुसार नेपाल टीभी, नेपाल टीभी न्युज र एनटीभी प्लसको ३ वटा सरकारी च्यानलमात्रै राखेर देखाउने विषयमा पनि व्यवासायीबीच गृहकार्य भइरहेको छ ।
नेपाल फिड तत्काल संभाव नभएको इन्डियन ब्रोडकास्ट फोरमकै भनाइ
नेपालबाट भएको आम्दानीले अर्को छुट्टै च्यानल बनाउँन नसकिने भएकोले यहाँ तत्कालै यो क्लिन फिड नीति कार्यान्वयन नहुने भारतीय टीभी च्यानलका प्रतिनिधितले औपचारिक रूपमै जानकारी दिइसकेका छन । पराजुलीका अनुसार साउन १ देखि क्लिन फिड नीति कार्यान्वयनमा जान सरकारको तयारी भएपनि व्यवहारिक रुपमा संभव अहिलेसम्म देखिएको छैन ।
यस अघि इन्डियन ब्रोडकास्ट फोरम (आईबीएफ)का प्रतिनिधि पनि काठमाडौं आएका थिए । यो प्रतिनिधीमण्डले पनि महासंघका पदाधिकारी र सरकारसँग भेट गर्दा नेपालसम्वन्धि छुट्टै फिड नभएको र अलग्गै फिड बनाउँन हाल नेपालबाट हुने आम्दानीले नभ्याउँने जानकारी दिएका थिए । भारतीय टीभी कलर्सले मात्रै विभिन्न १२ वटा टीभीको प्याकेज दिएको छ ।
यस्तो प्याकेजमा चर्चित भारतीय टीभी पर्छन् । पराजुलीका अनुसार हाल भारतीय च्यानलको यो प्याकेजले मासिक प्रति च्यानलको ८ लाखका दरले मासिक ३२ लाख आम्दानी गर्दै आएका छन । यसलाई क्लिन फिड बनाएर पठाउँदा मासिक कम्तिमा १ करोड रुपैयाँ खर्च लाग्ने भएकोले पनि नेपाल फिड बनाउँन नसकिने जानकराी दिएको उल्लेख छ ।
नेपाल फिड बनाउँन लाग्ने लागत, कमजोर तयारी र विभिन्न प्राविधिक समस्याले गर्दा पनि केवल अपरेटर्सले क्लिन फिड कार्यान्वयन हुँदा विदेशी च्यानल दिन नसक्ने दाबी गरको छन् ।
अनावश्यक च्यानल बन्दः सञ्चार मन्त्रालय
सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले पनि प्राविधिक समस्या रहेको स्वीकार गरेका छन् । उनका अनुसार सरकारले ल्याउने नीति कार्यान्वय त गर्ने पर्छ, समस्या आउँछन भने समाधान पनि गर्दै जानुपर्छ । उनका अनुसार अहिले क्लिन फिड लागू गर्न सकियो भने नेपालबाट आउने फाइदाका लागि र केही समयपछि भएपनि विदेशी च्यानलले नेपाल फिड बनाउँदै जाने बुझाई पनि ढकालको छ ।
उनका अनुसार नेपाली च्यानलमात्रै आउँछ र कुनै पनि विदेशी च्यानल आउँदैन भनेपनि सरकारले ल्याउने नीति कार्यान्वयन भने गर्नै पर्छ । उनका अनुसार नेपालाई दुई तीन सय वटा च्यानल किन चाहियो भने पनि हेर्नुपर्छ ।
थोरै च्यानलले पुग्छ भने अनावश्यक च्यालन किन चाहियो ? ढकालले भने । अनावश्यक च्यानल बन्द भएर केही फरक नपर्ने तर्क पनि ढकालको छ ।
६ वटा अंग्रेजी च्यानल मात्रै आउने
केवल व्यवसायीका अनुसार साउन १ देखि क्लिन फिड नीति लागू गर्ने हो भने भारतीय च्यान त कुनै पनि आउँदैन केवल अपरेटरले दिन सक्ने भनेको जम्मा ६ वटा अंग्रेजी च्यानलमात्रै हो । ती च्यानल दिँदा हुने फाइदा र बेफाइदा पनि हेर्नुपर्छ । अरु परिचित च्यानल नआउने भएपनि यसको आवश्यकता छ की छैन भनेर पनि हेर्नुपर्ने व्यवसायीको तर्क छ ।
चोरीकै च्यानलको प्रयोग बढ्न सक्ने
भारतीय च्यानले पनि पहिले नेपालबाट हुँन आम्दानीबाट छुट्टै फिड दिन सक्ने हुनुपर्ने र त्यसपछि नेपाल सरकारले एन्टी पाइरेसी नीति ल्याउनुपर्ने तर्क दिएको उल्लेख छ ।
नेपालमा भारतीय च्यानल नआएको अबस्थामा ग्राहकको गुनासोले केवल अपरेटरले धान्न नसक्ने र चोरीको च्यानल प्रयोग हुने दाबी अपरेटरको छ । सरकारले क्लिन फिड लागू गरेकै अवस्थामा नेपाली केवल अपरेटले उठाउने शुल्क बढी र भारतीय डिटिएचको कम हुने भएकोले पनि चोरीको च्यानल बढ्न सक्ने उल्लेख छ ।
दीर्घकालिन लाभ तत्कालका लागि मात्रै विलाप
दीर्घकालिन रुपमा क्लिन फिड कार्यान्वयन हुँदा नेपाली विज्ञापन बजारलाई लाभ हुने भएपनि तत्कालको लागि भने विलाप नै भएको छ । अहिलेको अवस्थामा करिब ६ अर्ब रुपैयाँ रहेको नेपाली विज्ञापन बजार एक दुई वर्षमै दोब्बर भएर १२ अर्बसम्मको हुने दाबी व्यवसायीको छ ।
विदेशी च्यानलले नेपाली बजारलाई गर्ने विज्ञापन अहिलेसम्म नेपालीमा छैनन् । नेपालीम हुने, नेपालमै हुन र नेपाली च्यालनबाट मात्रै बहुराष्ट्रिय कम्पनीको विज्ञापन हुने भएकोले पनि दीर्घकलिन रुपमा भने लाभ हुने नेपाली विज्ञापन व्यवसायीको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.