२०७४ असार ६ गते ७:१४ विकासन्युज
फाइल फाेटाे
काठमाडौं । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो ।
त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो ।
जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमाा जन्मिएका उनी डाक्टर बने ।
त्रिविअन्र्तगत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०. ८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए ।
नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिको लागि कल्पनाभन्दा बाहिरको विषय थियो ।
डाक्टर बन्ने सोच त सोचेकै थिइन् । महेनतमात्रै गरे । सुजितले भने । समयले बाटो देखायो र डाक्टर
बने । नागरिक दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.