२०७४ असार १३ गते १८:३४ विकासन्युज
काठमाडौं । महिन्द्रा गाडिहरुका आधिकारिक विक्रेतातथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स्ले स्थानीयरुपमाप्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममको मुख्य लक्ष्यभनेको महिन्द्रा जेनुइन स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको सहि उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई उनीहरुलाई प्राविधिक रुपमा सक्षम बनाउनु रहेको छ । जसमार्फत उनीहरुले ग्राहकहरुको आवश्यकतालाई झनै उचित ढंगले समाधान दिन सक्नेछन् ।
चैतन्यकगलकार (नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका कन्ट्री म्यानेजर), तपस पटनाइक (महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका आफ्टर–सेल्स् कन्ट्री म्यानेजर) तथा वरदान बस्नेत (अग्निइन्कर्पाेरेटेडका असिस्टेन्ट डिरेक्टर) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.