भिबोर सोसाइटी डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०७४ असार १६ गते १७:१०     विकासन्युज

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावतीमा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ ।

उक्त कार्यक्रममा माध्यमिक, उच्च माध्यमिकतथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवा ग्राहीहरुलाई बैकिंङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.