बैंक अफ काठमाण्डूका सिइओ श्रेष्ठद्धारा राजीनामा, को बन्ला नयाँ सिइओ ?

  २०७४ असार १९ गते १४:१६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिसँग खटपट परेपछि श्रेष्ठले राजीनामा गरेका हुन् । बैंकको व्यवसाय विस्तारमा उल्लेख्य सुधार नगरेको भन्दै सञ्चालक समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो ।

चार बर्षे कार्यकालका लागि श्रेष्ठले गत असारमा मात्रै कार्यभार सम्हालेका थिए । श्रेष्ठले राजीनामा गरेसँगै सोभनदेव पन्त, अनिल केसरी शाह, किशोर महर्जन, तुलसी गौतम, उपेन्द्र पौडेल र सुमन जोशी र उज्वलराज राजभण्डारीलाई नयाँ कार्यकारी प्रमुखको दावेदार मानिएको छ ।

उनीहरु आ आफ्नो तर्फबाट प्रमुख कार्यकारी अधिकृत बन्नका लागि लबिङ गरिरहेको श्रोतले बतायो ।

यो पनि बढ्नुहोस् :