महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायद्धारा शपथ ग्रहण

  २०७४ असार २० गते १६:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ । यति डेभलपमेन्ट बैंक लिमिटेड तथा महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडमा नयाँ संचालक समितिको गठन भएको हो ।

मर्जर पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड रुपैयाँ र कर्जा सापट २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।