लुम्बिनी विकास बैंकका अध्यक्ष सुशिलराज पराजुलीद्धारा शपथ ग्रहण

  २०७४ असार २१ गते १८:४७     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष सुशिलराज पराजुलीले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ ।

साविकका भिबोर सोसाइटी डेभलपमेन्ट बैंक तथा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी एक आपसमा गाभिई बनेको राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकमा नयाँ संचालक समितिको गठन भएको हो ।