२०७४ असार २२ गते ७:२४ विकासन्युज
धनकुटा । श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् ।
पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् ।
कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् ।
मेरी पत्नीको पराजयमाा आफ्नै जजमानको मुख्य हात रह्यो दाहालले भने ।
१६ परिवारजनले मत दिएको भए जित निश्चित हुन्थ्यो । दाहालले जजमानको घरमा मृत्युपछिको मासिक समेत नगरिदिएपछि गाउमा खैलाबैला मच्चिएको छ ।
महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारी बसेका छथर जोरपाटीका राजेन्द्रप्रसाद चापाईंलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाटै चुनावमा भोट नदिएकोले नआउने जवाफ दिएका थिए । जको कान्तिपुरबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.