महिलालाई हिमालयन बैंकको वित्तिय जागरण

  २०७४ असार २४ गते १४:३६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले महिलाहरुलाई वित्तिय जागरण कार्यक्रम सम्पन्न गरेको छ । मिट एण्ड ग्रीट श्रृंखला अन्तर्गत बैंकले विमन्स फेडरेशन फर वल्र्ड पिस नेपालमा आवद्ध महिलाहरुलाई वित्तिय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता थियो ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले बैंकिङ्ग क्षेत्रलाई प्रयोग गरेर संबृद्धि हासिल गर्नेतर्फ महिलाहरु अगाडि बढ्नुपर्ने बताए । उनले महिला वित्तिय साक्षरता अभियानलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाइनुपर्ने खाँचो औंल्याउँदै नेपालको आर्थिक संबृद्धिका लागि बैंक तथा वित्तिय संस्थामा महिलाको पहुँच बढाउनु पर्ने बताए ।

कार्यक्रममा बैंकका वरिष्ठ अधिकृतहरुले वित्तिय साक्षरता तथा आधारभूत बैंकिङ्ग अन्तर्गत बैंकमा खाता खोली बचत गर्ने तथा अन्य बैंकिङ्ग सेवा सुविधाहरु उपभोगको प्रकृयाको सम्बन्धमा अन्तर्कृयात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै हिमालयन बैंकका सेवा सुविधाहरुको बारेमा जानकारी दिएका थिए ।