एनएमबि बैंकका ग्राहकलाई थाइल्यान्डको समितिभेज अस्पतालमा विशेष छुट

  २०७४ असार २६ गते १३:३४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्नो ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले थाइल्यान्डको बैंकक स्थित समितिभेज अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब एनएमबि बैंकका ग्राहकहरुले समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित अस्पतालको सम्पूर्ण शुल्कमा पाँच प्रतिशतको (५%) छुट पाउने भएका छन् ।

बैंकले समितिभेज अस्पतालका नेपाल स्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. सँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको हो । यस सम्झौता बमोजिम यस बैंकका अन्तर्राष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. बाट अस्पताल, यात्रा तथा बसाई सम्बन्धी जानकारी, डाक्टरसँगको समय मिती मिलाउनको साथै उपचार खर्चमा समेत ५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।