हितग्राही खाता एक लाख पुर्याउनेमा एनआईबिएल क्यापिटल पहिलो

  २०७४ असार २९ गते १६:३७     विकासन्युज

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. ले आफ्नो हितग्राही खाता एक लाख पुर्याएको छ । देशकै पहिलो पटक सो मात्राको हितग्राही खाता पुुर्याएको यस क्यापिटल आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने निक्षेप सदस्य संस्था भएको छ ।

यस संस्थाले मर्चेन्ट बैंकिङ तथा सामुहिक लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको समेत कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । साथै, निक्षेप खाताको बजार हिस्सा मध्ये ११ दशमलब ५५ खाता यसै संस्था मार्फत संचालन गर्न सफल रहेको छ ।

नेपालको धितोपत्र बजारको लागि एकिकृत मोवाईल एप सार्वजनिक गरि प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ । उक्त एपमा निक्षेप सदस्यले आफ्नो हिताग्राही खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएकाे छ ।

यस क्यापिटलले बैंक/वित्तीय संस्था, लघुुवित्त कम्पनी, जीवन तथा निर्जिवन बीमा कम्पनी लगायत होटल गरी जम्मा ३० वटा कम्पनीका करिव ५ लाख ७२ हजार ३ सय शेयर धनीहरुलाई शेयर रजिस्टर सम्बन्धी सेवा पुर्याउदै आएको जानकारी दिइएको छ ।