गण्डकी विकास बैंकको संचालन मुनाफा ८५ करोड रुपैयाँ, निष्कृय कर्जा न्यून

  २०७४ साउन ९ गते १७:१५     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै, बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ । हाल बैकको चुक्ता पूँजी १ अर्व ८४ करोड रुपैयाँ र कूल प्राथमिक पूँजी २ अर्व ७८ करोड रुपैयाँ रहेको छ ।

पोखरामा स्थापित साविकका दुई विकास बैंकहरु फेवा विकास बैंक र गण्डकी विकास बैंक एक आपसमा गाभिई गण्डकी विकास बैंकको नामबाट गत असार २१ गते देखी कारोवार गर्दै आइरहेको छ ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५० वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस एटिएम, एसएमएस बैकिङ्ग, मोवाइल वैकिगं सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।