२०७४ साउन ११ गते १८:३२ विकासन्युज
काठमाडौं । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा शुरु गर्ने भएको छ । उक्त सेवाको लागि बैंकले सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी-बैंक जिनी सँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत यस एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ ।
उक्त सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी (एनएमबि बैंक) तथा रामकुमार शर्मा (बैंक जिनी) ले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी ले, एनएमबी बैंक बैंकिङ क्षेत्रमान नविनतम् सेवा पुर्याउनमा विश्वास गर्ने बैंक भएको बताए । साथै, उनले यस सेवाले बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउने बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.