ड्याट्सन कारको मनसुन एक्सेन्ज अफर शुरु, जुनसुकै मोडलका कारहरु एक्स्चेञ्ज हुने

  २०७४ साउन १२ गते १६:३१     विकासन्युज

चितवन । चितवनमा ड्याट्सन व्राण्डका कारका पारखी ग्राहकवर्गहरुको चाहानालाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज अफर शुरु गरेको छ । अटो क्षेत्रमा विगत ५ बर्षदेखि सक्रिय रहदै आएको सेढाई होल्डिङ्ग ग्रुप अन्तर्गतको एस.एच मोटर्सले यहाँका ग्राहकवर्गहरुको चाहाना र मागलाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज अफर राखेको मोटर्स्का प्रबन्ध निर्दशक निर्देश सेढाईले बताए ।

जुनसुकै मोडलका कारहरुको उचित मुल्यमा एक्स्चेञ्ज गरेर नयां गाडी ग्राहकले लैजान सक्ने उनले बताए । सोही अवसरमा कार किन्ने ग्राहकहरुको सुविधाका लागि अन स्पट फाईनान्स, अन स्पट म्यालुएशन र आर्कषक उपहार समेत उपलबध गराईएको एस।एच मोटर्स्का मयानेजर उपेन्द्र भुषालले बताए ।

अफरको आईतबार सुरु भएको पहिलो दिन ६५ जनाले टेष्ट ड्राईभ र ४ जनाले कार बुक गरेको समेत उनले बताए । १२ सय सिसी क्षमताका कारहरु नन एसी, एसी जडित र सेमी अप्सनमा उपलब्ध छन् । प्रति लिटर पेट्रोलमा झण्डै २५ दशमलव ६३ किलोमिटर दुरी पार गर्ने इन्धन किफायती इञ्जिन यसको मुख्य विशेषता रहेको एस।एच मोर्टस्का म्यानेजर सुनिता लामाले जानकारी दिए ।

५ वटा कलरमा यो कार उपलब्ध छ । सानो ठाउँमा घुम्न सक्ने, ग्राउण्ड क्लियरेन्स १८५ एमएम भएकाले कच्ची वाटोमा जान सक्ने, फराकिलो डिक्की, आरामदायी सिट तथा सुपथ र सर्वसुलभ मूल्यमा जेनुइन पार्टस्हरु उपलव्ध छन् । यसलाई अरु गाडीभन्दा सस्तो मूल्यमै र ठूलो परिवारलाई पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । सस्तो, राम्रो र सुविधायुक्त आकारमा डिजाइन गरिएकाले यसको आकर्षण ह्वा्ट्टै बढ्ने कम्पनीको दावी छ । निसानका गाडी चढ्नेले ७ जना परिवार तथा केही सामानहरु राखेर पनि सहजै यात्रा गर्न सकिने छ ।