२०७४ साउन १७ गते ८:०६ विकासन्युज
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो ।
अघिल्लो वर्ष यो बैंकले २९ करोड ६५ लाख रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो । यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ ।
यसको उक्त अवधिसम्मको संचित कोषमा ७५ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ ।
यो विकास बैंकले गत असार मसान्तसम्ममा निक्षेप संकलन १६ अर्ब ६ करोड रुपैयाँ संकलन गरेको छ भने १४ अर्ब ५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म ६७ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ९० प्रतिशत रहेको छ ।
बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७५ दशमवल २३ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ४३ पैसा रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.