२०७४ भदौ १३ गते १७:५० विकासन्युज
काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक)ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ सार्वजनिक गरेको छ । कम्पनीले अनेकौ आकर्षक तथा रुचीकर अफरहरु दशैं तिहारलाई विशेष रुपमा मनाउन सार्वजनिक गरेको हो ।
रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित आएको छ, जसले रेनो ग्राहकहरुलाई डबल फाईदा दिन्छ । यो अवधिमा रेनो गाडी खरिद गर्ने ग्राहकले स्योर शट नगद पुरस्कार र १ वर्षको निशुल्क इन्धन उपलब्ध गराउँछ ।
साथै, रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख रुपैयाँसम्मको स्योर शट नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।
यस अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने छ । साथै, १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा पनि रहेको कम्पनीले जनाएकाे छ ।
यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.