२०७४ भदौ २७ गते ८:३१ विकासन्युज
काठमाडौं । एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ ।
बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तरगत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ ।
आस्वा स्पेश एकाउन्ट नम्बर एसपेस डिम्याट नम्बर टाइप गरी ३७४४७ मा पठाउनु पर्ने छ । त्यसपछि बैंकबाट आस्वा नम्बर पाउन सकिन्छ ।
बैंकले मोवाइल तथा इन्टरनेट बैंकिङ प्रदान गरिरहेकोमा थप नयाँ बैकिङ प्रविधिको सुरुवात गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.