नेसनल माइक्रोफाइनान्सले ३५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस र १० प्रतिशत नगद
२०७४ भदौ २९ गते ११:३८ विकासन्युज
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।