२०७४ असोज ३ गते १८:१८ विकासन्युज
काठमाडौं । फास्टफुड एसोसिएसनले १३औं साधारण सभा सम्पन्न गरेको छ । एसोसिएसनले सुधारका लागि भवन निर्माणका कार्य गर्दै अाएकाे तथा ग्राहकलाइ स्वस्थ खानेकुरामा जोड दिनेलगायतका कार्यमा सफल्ता प्राप्त गर्दै आएको जानकारी दिएको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा फास्टफुड एसोसिएसनका कोषाध्यक्ष रमिला श्रेष्ठका अनुसार उक्त संस्थाले गत आवमा २५ लाख ३४ हजार ८ सय २१ रुपैयाँ बराबरको कारोबार गरेको छ । उनका अनुसार उक्त एसोसिएसनले विभिन्न भौतिक सम्पती अन्तर्गत टेलिफोन, कम्प्युटर, टेबुल, फर्निचरलगायतका सामानहरु संस्थामा रहेको जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रोफेसर तथा रक्षा मन्त्री भिमसेनदास प्रदानले नेपालका मन्त्री तथा नेताहरुले विभिन्न देश घुमेर फास्फुडको बारेमा जानकार भएता पनि नेपालमा चेतना दिन नसकेको बताए । अहिले फास्टफुड सन्चालनको लागि पनि एन आएको छ र त्यसलाई लागु गर्दै लैजाने उनले प्रतिबद्धता जनाए ।
सभामा एसोसिएसनका संस्थापक सदस्य राकेस श्रेष्ठले भने, ‘प्रहरी प्रसाशनमा धाउन परेको छ । ठगि गर्ने ग्राहकले गर्दा मर्कामा छौँ, एकछिनमा आएर पैसा तिर्छु भनेर धम्काउँछन् तर तिर्दैनन् ।’ यस्तो समस्याको लागि उपयुक्त प्रावधान बनाउन पर्ने उनले बताए ।
संस्थाका सल्लाहकार तथा बाजेको सेकुवाका सञ्चालक चेतन भन्डारीले उक्त संस्थाको प्रगति तथा सो संस्थाले एफएनसीसीआइको सदस्य बन्ने भएकोमा खुसि व्यक्त गरे । साथै, अन्य सबै वक्ताले नयाँ भनव निर्माण गर्न लागेकोमा प्रगति भएको अनुभुती व्यक्त गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.