गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त

  २०७४ मंसिर १४ गते १६:३२     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको कम्पनी संचालक समितिकोे बैठकले दुगडलाई कम्पनी संचालकमा नियुक्त गरेको हो ।

कम्पनीको १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट नवनियुक्त दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको छ ।