१ सातामा २७ प्रतिशतले सस्तियो प्याज, भारत : ‘प्याजको भाउ १५-२० दिनमा घट्छ’

  २०७४ मंसिर १९ गते १४:५९     विकासन्युज

काठमाडौं । ६ दिनमा प्याजको भाउ २७ प्रतिशतले सस्तिएको छ । भारतमा क्रमिक रुपमा प्याजको भाउमा सुधार आउदा नेपाली प्याज बजार पनि प्रभावित भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले थोक बजारमा प्याजको भाउ प्रति किलो ८९ रुपैयाँमा किनबेच भइरहेको छ । गत विहीबार प्याजको भाउ प्रति किलो ११६ रुपैयाँ पुगेको थियो ।

आन्तरिक बजारले नधान्ने नेपालमा प्याज भारतबाट आयातमा निर्भर रहेको छ । करिब ९९ प्रतिशत प्याज भारतबाट आयात हुनेगरेको छ ।

१५२० दिनमा घट्छ

प्याजको भाउ १५-२० दिनमा घट्ने भारतको कृषि मन्त्रालयले जानकारी दिएको छ । भारतीय कृषि सचिव एसके पट्टानायकले आगामी २० दिनमा प्याजको भाउ घट्ने सम्भावना रहेको जनाएका छन् ।

पिटिआईसँग कुरा गर्दै उनले भने, ‘भान्छामा अति उपयोगी प्याजको समस्या अस्थायी मात्र हो । यो केही समयपछि समाधान भइहाल्छ ।’

भारतको नयाँ दिल्लीमा खुद्रा बजारमा प्याजको भाउ ७० देखि ८० भारतीय रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको छ । त्यस्तै भारतका अन्य प्रमुख सहरमा पनि उतिकै मात्रामा प्याजको भाउ बढिरहेको छ ।

उनले भने, ‘प्याजको ठुलो उत्पादक क्षेत्र महाराष्ट्रमा उल्लेखनिय प्रगती भइरहेको छ । आउदो दिनमा प्याजको भाउमा सुधार आउनेमा हामी आशावादी छौं ।’

देशका केही भागमा बेमौशमी वर्षा तथा सुख्खा बदलीका कारण प्याजको उत्पादन प्रभावित भएको छ ।