२०७४ मंसिर २२ गते १७:०६ विकासन्युज
काठमाडौं । यसअघि नै सामसङले अर्को वर्ष फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यो फोनको नाम ग्यालेक्सी एक्स हुनेछ । यो स्मार्टफोनले गत सेप्टेम्बरमा नै ब्लुटुथ सर्टिफिकेशन प्राप्त गरिसकेको छ ।
प्राप्त जानकारीअनुसार अब कम्पनीले यसको प्याटेन्ट पनि दर्ता गराउँदैछ । लेट्सगोडिजिटल वेबसाइटका अनुसार सामसङले वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्लुआईपृ)मा प्याटेन्टका लागि आवेदन दिइसकेको छ । उक्त प्याटेन्टका अनुसार यो स्मार्टफोनमा दुईवटा स्पोर्टिङ स्क्रीन छ, जसको बीचमा एउटा मेटल जडान गरिएको छ । यसबाट यो उपकरण फोल्ड गर्न मिल्ने भएको प्रमाणित हुन्छ र यसको डिजाइन जेडटिइ एक्जोन एम जस्तो हुनेछ ।
त्यसबाहेक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एक्स ट्रिपल एन्टिनाका साथ आउनेछ । यसले स्मार्टफोनको नेटवर्कलाई फोल्ड हुँदा पनि प्रभावित गर्दैन । उक्त रिपोर्ट अनुसार प्रयोगकर्ताले यो फोनको दुवै स्क्रिनलाई एकैसाथ प्रयोग गर्नसक्नेछन् ।
यो फोनलाई ग्यालेक्सी नोट लाइनअपमा प्रस्तुत गरिनेछ । यसको अर्थ कम्पनीले यो स्मार्टफोनलाई अर्को वर्षको तेस्रो वा चौथो त्रैमासिकमा प्रस्तुत गर्ने सम्भावना छ । हाल कम्पनीले अर्को फ्ल्यागशिप फोन ग्यालेक्सी एस९मा ध्यान केन्द्रित गरेको छ । कम्पनीले ठुलो स्तरान यसको लार्ज स्टोरेज चिप्स तथा प्रोसेसर बनाउन सुरू गरेको छ । सामसंग स्न्यापड्रागन ८४५ को क्वालकममा पनि यो काम गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.