२०७४ माघ ११ गते १३:३८ विकासन्युज
काठमाडौं । नेपालकालागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले डाइन्यामिक ह्याच् ब्याक टियागो र स्टाईल ब्याक टिगोरका लागि सफलतापूर्वक माइलेज टेष्ट क्याम्प सम्पन्न गरेको छ । उक्त मालेज टेष्टका क्रममा सहभागीहरुले जावलाखेल, सुन्धारा, लैन्चौर, महाराजगंज, बुढानिलकण्ठ, बालुवाटार, नक्साल, ज्ञानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर हुँदै धुलिखेलसम्म करिब ६० कि.मि. भन्दा बढीकोे यात्रा गरेका थिए ।
शनिबार सम्पन्न उक्त प्रतिस्पर्धामा आत्मराम ढकालले टियागोमा २३.१७ कि.मि.प्रति लिटरको सर्वाधिक माइलेज प्राप्त गरी विजयी भएका थिए भने विश्वराज पंगेनी २१.८६ कि.मि. प्रति लिटर का साथ उप–विजेता बन्न सफल भएका छन् । त्यसैगरी, सेडानको वर्गमाश्री भरत शर्मा पौडेलले टाटा टिगोरमा सर्वाधिक २१.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गरी विजयी भएका थिए । दुवै वर्गका विजयीहरुलाई १ वर्षसम्मको फ्रि इन्धनबाट सम्मानित गरिएको थियो भने टियागोका उप–विजेतालाई ९ महिनासम्मको फ्रि इन्धन उपहार स्वरुप उपलब्ध गराईएको थियो ।
सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठ र टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंहले संयुक्त रुपमा यस माइलेज टेष्ट क्याम्पलाई शुरुवात गरेका थिए । उक्त कार्यक्रममा ३० जनाभन्दा बढी टियागो तथा टिगोरका चालकहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंह भन्छन्, “हाम्रो उत्पादनहरुले यति राम्रो प्रदर्शन गरेर ग्राहकहरुको आकांक्षा पूरा गर्न सकेकोमा हामी निकै खुसी छौं । हाम्रो उत्पादनहरुमा हामीले सधैं क्वालिटी र प्रभावकारी माइलेजलाई नै प्राथमिकता दिंदै आएका छौं र आज सम्पन्न यस माइलेज टेष्ट क्याम्पले हाम्रो उत्पादनप्रतिको हाम्रो प्रतिबद्धतालाई सावित गरेको छ ।”
त्यसैगरी, कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठले भने, “यस्तो इभेन्ट आयोजनाले हाम्रो र ग्राहकबीचको नाता थप प्रगाढ हुने कुरामा हामीविश्वास राखेका छौं, यसका साथै ग्राहकहरुको चाहनालाई ध्यानमा राखी अझ उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । ”
Copyright © 2024 Bikash Media Pvt. Ltd.