२०७४ माघ १५ गते १८:१७ विकासन्युज
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
सोमबार आयोजीत एक कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी र कलाकारबीच करार पत्रमा हस्ताक्षर भएको छ ।
उक्त करार बमोजिम कलाकारले कम्पनीको आफ्नो लक्षित जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.