अशोक लेलैण्डको ‘क्याप्टेन’ टिपर नेपाली बजारमा, चालकलाई आरामदाई क्याबिनका साथै सवारी सञ्चालन लागत कम गर्ने

  २०७४ माघ १६ गते १४:१७     विकासन्युज

काठमाडौं । अशोक लेलैण्ड लिमिटेडको व्यवसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रालिले नयाँ “क्याप्टेन” टिपर नेपाली बजारमा लन्च गरेको छ । आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक एक भगिनी संस्थाले सोमबार बौद्धको होटेल हयात रेजेन्सीमा एक कार्यक्रम गरी नेपालमा उक्त टिपरको बिक्री वितरण शुरु गरेको हो ।

उक्त कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजक थुरियाको उपस्थिति रहेको थियो ।

कम्पनीका अनुसार अशोक लेलैंडको क्याप्टेन सिरिजका गाडीहरुमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेको छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्नेछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चालकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्ने कम्पनीको विश्वास रहेको छ ।

क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्यदक्षतार चालकलाई आरामदाई क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।

क्याप्टेन सिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम, विश्वसनीयतार कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको छ । क्याप्टेन सिरिजका ट्रकहरुतथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् ।

कार्यक्रममा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डको नयाँ क्याप्टेनले ग्राहकहरुको अपेक्षालाई सर्वोपरी गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रबाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.