महिन्द्रा टु ह्वीलरको केयर क्बल अन्तर्गत विशेष सुविधा, निःशुल्क सर्भिसिङ्ग गर्न सकिने

  २०७४ माघ १६ गते १६:४०     विकासन्युज

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था मिलाएको छ । यो सुविधा माघ १७ गते देखि सुचारु गरिएको छ ।

साथै, माघ १९ गतेसम्म ३ दिनका लागि काठमाडौं, सामाखुसीको सर्भिस सेन्टरमाफ्रि सर्भिसिङ्गको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि मिलाएको छ ।

आफ्ना ग्राहकहरुलाई विक्री पछिको गुणस्तरीय एवं जिम्मेवार युक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो । यस क्लवमा आवद्ध भए पछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यसका अतिरिक्त जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्ने छ । यसका साथै सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित वस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट १२०० (भ्याट सहित) रुपैयाँ तिरी यो विशेष सदस्यता लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.