२०७४ माघ २४ गते १३:१४ विकासन्युज
काठमाडौं । नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरुको व्यवसायिक बिक्री शुरु गरेको छ । कम्पनीको साना तथा मझौला गाडीहरु जस्तै एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२ को हालैदेखि बिक्री शुरु भएको हो ।
कम्पनीका अनुसार यी सबै मोडेलका गाडीहरु विशिष्ट कमन रेल डिजेल ईन्जेक्सन (सिडिआरआई) ईन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाईन र थप विश्वसनीय विशेषताहरुको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाईम र चलाउनमा बढी आराम छन् ।
यी मोडेलका शुरुवाती मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, यी गाडीहरु लाईट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देश भरि नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने कम्पनीको योजना रहेको छ ।
कार्यक्रममा टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले भने, “यी मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरु छन् । नेपालको बाटो सुहाउँदा यी ट्रकहरु त्यही किसिमले डिजाईन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दापनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।”
बिक्री शुभारम्भमा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “यी नयाँ सिआर रेन्जका मझौला तथा साना कमर्सियल ट्रकहरुको आशा लाग्दा विशेषताहरुले गर्दा टाटा मोटर्स प्रति हाम्रो थप विश्वास जागेको छ । विविध प्रयोग, बलियोपन, तेल किफायती र लगानीको उच्चतम प्रतिफलले गर्दा नेपाली ग्राहकहरु माझ यी गाडीहरुको विश्वसनियता छ ।”
नयाँ सिआर रेन्जका ट्रकका फाईदाहरु :
पावर: नयाँ अभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरु गियर बक्स सिस्टम (जिबिएस) ५५० कासाथ जडित छन् भने एलपिटि १४१२ माजिबिएस ४० जडित छ । जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ र साथै ओभरड्राईभ विशेषताले गर्दा लामो यात्रामा तेल किफायती हुने तथा आरामदायी गियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागि आल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ ।
त्यस्तै, जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित बेजोड वारेन्टी ३ लाख कि.मी. सम्म वा ३ वर्षसम्म पाईन्छ । यी मोडेलहरु ४९७ टिसिआईसि सिआर ईन्जिनमा आउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषताले राम्रो तान्न सक्ने क्षमता भएका छन् । एनभिएच लेभल कम गर्न सिआर ईन्जिनमा भिस्कस फ्यान प्रविधि जडित रहेको कम्पनीले जनाएको छ ।
परफरमेन्स: कम्पनीका अनुसार यी नयाँ रेन्जका गाडीहरुमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरु र ताजा भित्री सजावटहरुका साथै नयाँ तथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङ्गले गर्दा यो रेन्जका गाडीहरुमा सर्वश्रेष्ठ रुपमा गाडीहरुलाई हिमाल, पहाड, तराई जता पनि चलाउन र मोड्न सजिलो छन् । बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा बर्षौं सम्म बेजोड रुपमा चल्ने कम्पनीले जनाएको छ ।
आम्दानी: वारेन्टी, प्रतिस्पर्धात्मक मूल्य, हाई टर्क र धेरै माईलेज दिने भएकाले यी रेन्जका गाडीहरुले उच्च प्रतिफल दिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.