सेञ्चुरी बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

  २०७४ फागुन २५ गते १७:३८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । शुक्रबार बैंकले कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

उक्त शिविर चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सम्पन्न भएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखाँ, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.