२०७४ फागुन ३० गते १६:४१ विकासन्युज
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम दाङ्गको तुलसीपुरमा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘क्रस बोडर प्रा.लि’ नामको शाखा बुधबार(आज)देखि सञ्चालनमा ल्याएको हो ।
उक्त शोरुमको उद्घाटन कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले गरेका हुन् । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.