सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त
२०७४ चैत ८ गते १४:१७ विकासन्युज
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् ।
बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैंठकले भट्टराईलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।
भट्टराईले आगामी ४ वर्षसम्म यस कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।