सिटिजन्स बैंकको वीरगञ्ज शाखा स्तान्तरण

  २०७४ चैत १२ गते १८:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वीरगञ्जमा रहेको शाखा कार्यालयको स्तान्तरण गरेको छ । बैंकले हाल रहेको कार्यालय भन्दा करिब १५० मिटर दक्षिणमा रहेको रानीसती मन्दिरसँग टाँसिएकोे आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ ।

सोमबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त कार्यालयबाट बैंकिङ कारोवारको सुरुवात गरेका छन् । करिव ६००० वर्ग फीटमा फैलिएको बैंकले जनाएको छ ।

हाल बैंकले ६८ वटा शाखा, ६५ वटा एटिएम काउन्टर र ९९ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

साथै, निकट भविष्यमा नै थप शाखा संचालन गर्ने बैंकको योजना रहेको बैंकका सीईओ पोखरेलले बताएका छन् ।