सुजुकी सेलेरियो टेस्ट राइड अभियान सम्पन्न, भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ फिर्ता

  २०७४ चैत १३ गते १५:३९     विकासन्युज

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सम्पन्न भएकाे छ । कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको छ ।

कम्पनीको अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ । नेपाली परिवारलाई खरिद अघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ ।

सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको अनुसार, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाैँ र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ । ”

सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरिएको थियो । साथै, एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँको क्यास ब्याक प्राप्त गरेका छन् ।