२०७४ चैत १४ गते १६:०६ विकासन्युज
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । भ्रमणमा जेसीबीका नेपाली ग्राहकले हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए ।
पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो जहाँ चार सयभन्दा बढी इन्जिनियरले काम गर्छन् । वातावरणमैत्री सो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको समेत उत्पादन गरिन्छ । उत्पादन गरिएका मेसिनहरु भारतमा मात्र होइन अन्य ६५ मुलुकमा विक्री गरिने कम्पनीको भनाइ छ ।
भ्रमणका क्रममा जेसीबीका ग्राहकले प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ, पार्टस्को एसेम्ब्ली लगायतको निरीक्षण गरेका थिए । कम्पनीले जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्ने दावी गरेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.