२०७४ चैत १४ गते १६:३१ विकासन्युज
काठमाडौं । कलर्स मोबाइलले आफ्नो प्राइड सिरिज अन्तर्गत एक नयाँ फोन प्राइड ‘पि ५० प्लस’ बजारमा प्रस्तुत गरेको छ । फोन अत्यन्त उच्च माग भएको फोरजि प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ ।
फोनमा ५ इन्चको स्क्रिन, २.५ डि बक्र सिसा, २२०० एमएएच ब्याट्री, दोहोरो सिम (थ्रिजि र फोरजि), ५ मेगापिक्सेल र २ मेगापिक्सेल क्षमताका क्रमशः पछाडी र अगाडी क्यामरा जडान गरिएको छ । फोनको शुरुवाती मूल्य ६ हजार ९९५ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले फोन सस्तो मोलको उपलब्ध गरेको बताए । ‘अब प्रयोगकर्ताहरुले फोरजि चलाउनकै लागि उच्च तथा महँगो दरको मोबाइल किनिरहनु पर्ने अवस्था रहेन,’ उनले भने ‘हामी चाहन्छौं सबको गोजीमा फोरजि फोन अटाओस् ।’ त्यसैले नेपली बजारमा ‘गोजी गोजीमा फोरजि मोबाइल भन्ने नाराकोसाथमा उक्त मोबाइल प्रस्तुत गरेको उनले जानकारी गाराए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.