२०७४ चैत १४ गते १७:०३ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन दुई वटा शाखा चनौली र दलदलेमा स्थानान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले स्थानान्तरण गरिएका २ शाखाको उद्घाटन गरेका छन् ।
नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो ।
बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.