२०७४ चैत १५ गते १३:३० विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ शाखा दाङ्को तुलसीपुरमा विस्तार भएको छ । उक्त शाखाको विस्तारसँगै दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको मन्तव्य राखेका थिए ।
केसीले यस क्षेत्रमा वित्तीय संस्थाहरुबीच प्रतिस्पर्धा धेरै भएतापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे । साथै, अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि भएको हुनाले बैंक जस्ता वित्तीय संस्थालाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.