प्रभु बैंकको नयाँ शाखा कार्यालय बागलुङको वडिगाडमा

  २०७४ चैत १५ गते १७:०४     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गरेका हुन् ।

आजदेखि सञ्चालनमा आएको बैंकको कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

त्यस्तै, गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको अपेक्षा छ ।