ओपो र डोल्बि ल्याब्रेरेटोरिजद्धारा ग्लोबल स्ट्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी साझेदारीको घोषणा

  २०७४ चैत १६ गते १८:४९     विकासन्युज

काठमाडौं । अडियो, ईमेजिङ र आवाज प्रविधिका लागि विश्वमै अग्रणी विशेषज्ञ तथा विकासकर्ता, डोल्बि ल्याब्रेरेटोरिजले, विशेषगरी यूवा पुस्ता माझ लोकप्रिय वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग ग्लोबल, स्ट्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारीको घोषणा गरेको छ । सहकार्यको माध्यमबाट अब ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने छ ।

एचई एएसी, डोल्बि ल्याब्रेरेटोरिजद्धारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तरराष्ट्रिय मानक हो । त्यसैगरी, जेपीईजी–एचडीआर स्ट्याटिक ईमेज ईनकोडिङ मानक हो । यसले ८ बिट्स भन्दा बढीको डायनामिक रेञ्जमा डाटा सञ्चय गरी प्रयोगकर्तालाई पोष्ट प्रोसेसिङका दौरान स्याम्प्लिङमा सघाउँछ ।

‘कञ्जुमर ईलेक्ट्रोनिक्सको अग्रणी, ओपो आफ्ना स्मार्टफोनमा नवप्रबर्तनात्मक प्रविधि समाहित गर्ने कार्यका लागि परिचित छ । ओपोलाई हाम्रो वैश्विक सझादारहरुको समुहमा सम्मिलित गर्न पाउँदा हामी निकै खुशी छौँ ’, डोल्बि ल्याब्रेटोरिजका कार्यकारी उपाध्यक्ष, जनरल काउन्सिल एण्ड कर्पोरेट सेक्रेटरी, एण्डि शर्मनले भने ।

‘उपभोक्तालाई आफ्ना उत्पादन मार्फत उत्कृष्ट अनुभव प्रदान गर्न हामी निरन्तर प्रयासतर छौँ । यस्ता सहकार्यले भविष्यमा थप उत्कृष्ट उत्पादन तथा अनुभव प्रदान गर्न सक्नेमा हामी विश्वस्त छौँ । डोल्बि ल्याब्रेटोरिजसंगको यो सहकार्य घोषणा गर्न पाउँदा हामी गौरवान्वित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ओपोले यस बर्ष आफ्नो दशौँ बार्षिकोत्सव मनाइरहेको छ । सन् २०१८को सुरुवातमा ओपो आधिकारिक रुपमा जापानी बजार प्रवेश गरेको थियो । साथै, निकट भविष्यमा यूरोपेली बजारमा समेत प्रवेशको तयारी गरिरहेको छ ।