२०७४ चैत २२ गते १९:०९ विकासन्युज
काठमाडौं । ग्राण्ड पलाईसमा भएको एक भव्य लन्च इभेन्टमा हुवावे कन्ज्युमर बिज्नेस गु्रपले बहु–प्रतिक्षित हुवावे पी २० र हुवावे पी२० प्रो सार्वजनिक गरेको छ । हुवावे ‘पी२० प्रो’मा विश्वकै पहिलो लिईका ट्रिपल क्यामराको साथै दुवै डिभाइसमा अद्वितीय ए१ को फाइदाहरु रहेको कम्पनीको भनाइ छ । ती स्मार्टफोनमा समावेश गरिएको प्रविधि र कलाको अद्भूत संगमले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।
हुवावे पी२० सिरिजको आगमनसँग हुवावेले समस्त प्रयोगकर्ताको लागि सहज रुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्ने जनाएको जानकारी दिएको छ ।
हुवावे कन्ज्युमर बिज्नेस गु्रपको प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले कम्पनीको डिजाइन र नवीनतालाई परिष्कृत गर्दै लग्न धेरै आर्टिष्टहरुबाट प्रेरणा लिने गरेको बताए । हुवाव पी२० प्रोमा रहेको नवीनतम ट्रिपल क्यामरा र ह्वावे पी२०मा अत्याधुनिक डुअल क्यामरा र दुवैको शक्तिशाली आर्टिफिसियल इन्टिलिजेन्सले अहिलेका ग्राहकवर्गले आफ्नो संसारको उत्कृष्टतालाई आफ्नो क्यामरामा कैद गर्न सक्ने उनको भनाइ छ ।
हुवावे पी२० सिरिजको मुख्य विशेषताहरुमा बढी लाईट, बढी डिटेल र बढी ब्युटी क्याप्चर गर्न एउटा आधुनिक क्यामरा सिस्टमका साथ विशेष लिईका ट्रिपल क्यामरा रहेको बताएको छ । त्यस्तै हुवावे पी२० प्रोमा ५गुणा हाईब्रीड जूम रहेको छ । साथै स्मार्टफोनहरु नवीनतम फोटोग्राफी विशेषताहरुमा समावेश गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार स्मार्टफोनमा एआईद्वारा सञ्चालित अनुभवी फोटोग्राफिका साथ मास्टर एआई र हुवावे एआइएस, एउटा शक्तिशाली स्ट्वीलाईजेशन प्रविधि जडान गरिएको छ । उक्त स्मार्टफोनमै पहिलो पटक पूरै नयाँ ग्रेडिएन्ट कलरमा उपलब्छ छ ।
त्यस्तै ती दुवै स्मार्टफोनमा २४मेगापिक्सेलको सेल्फी क्यामराको साथ एआई ब्यूटिफिकेशन र थ्रीडी पोट्रेट लाईटिङ समावेश छ । जसको कारण यसले सुन्दर सेल्फीहरुका साथ स्क्रीन टोन पनि राम्ररी मिलाउँछ । अनुहारको डिटेलहरुलाई राम्ररी आउटलाइन गरी वास्तविक थ्रीडी फिचर इन्हान्समेन्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार पी२०मा लाईका डुअल क्यामरा छ । कम उज्यालोमा उत्कृष्ट फोटोग्राफि गर्नको लागि ४० एमपी इमेज सेन्सर राखिएको छ । अग्रसर समयको लागि कला र प्रविधिको अभूतपूर्व समायोजन स्मार्टफोनमा गरिएको कम्पनीले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.