९ हजार घुस सहित विद्युत प्रधिकरणका इन्जिनियर रत्नेश चौधरी अख्तियारको फन्दामा

  २०७४ चैत २२ गते १९:१६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कलैया, बारामा कार्यरत इन्जिनियर रत्नेशकुमार चौधरी ९हजार ५ सय घुस सहित अख्तियाको फन्दामा परेका छन् ।


मिटरको विद्युत क्षमता बढाउने पावर अपग्रेड प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरेको हो ।

अख्तियार हेटौडा मकवानपुरको टोली कलैया पुग्दा चौधरी सेवाग्रहीसँग घुस रकम लिदैं रहेको अख्तियार प्रवक्ता दीर्घराज मैैनालीले जानकारी दिए । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.