२०७४ चैत २३ गते १७:२२ विकासन्युज
काठमाडौं । नेपाली बजारमा बिक्री भइरहेको सामसङ स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो ‘२०७५ साल सामसङ अफर बबाल’ घोषणा गरेको छ ।
‘नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएका छौँ’, सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ‘हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै ग्राहकमाझ हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउदै लैजानेछ ।’
योजनाअन्तर्गत सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार उपभोक्ताले ग्लाक्सी ट्याब एस थ्रीकोे खरिदमा लेभल बक्स स्पिकर, एस ८/ एस ८ प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा स्पिकर सित्तैमा पाउँने जानकारी गराएको छ ।
उपहारसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा समेत भारी छुटको व्यवस्था गरेको जनाएको छ । जसमा रु ६ हजार ९० को छुट सहित नोट ८ लाई ९६ हजार ९०० सयमा रु ७ हजारको छुटसँगै एस८ प्लासको मुल्य ७९ हजार ९ सय तथा एस ८ को मूल्य रु ७६ हजार ९०० बाट रु ६९ हजार ९०० तयमा झारिएको कम्नपीले जनाएको छ ।
त्यसैगरी, रु २००० को छुट सहित जे७ प्रो र जे ७ याक्सको मूल्य क्रमशः रु ३२ हजार ९०० बाट रु ३० हजार ९०० तथा रु २८ हजार २९० बाट रु २६ हजार २९० मा झारेको छ ।
जे ७ प्राइम२ को मूल्य अब रु २७ हजार ९९० र जे ७ नेक्स्ट (३२ जिबी)को मुल्य रु २० हजार ९९० निर्धारित गरिएको छ जसको मूल्य यसअघि क्रमशः रु २८ हजार ९९० र रु २१ हजार ९९० रहेको थियो । कम्पनीको अनुसार रु १२ सयको छुट सहित अन नेक्स्टको मूल्य रु २५ हजार १९० बाट रु २३ हजार ९९० तय गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.