२०७४ चैत २५ गते १५:५१ विकासन्युज
काठमाडौं । हुवावेले नेपाली बजारमा वाइ सिरिजको दुई परिमार्जित स्मार्टफोनहरु सार्वजनि गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोनहरु आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो ।
हुवावेले सार्वजनिक गरिएका फोनहरु वाइ रेन्ज बिधाका उत्कृष्ट भएको बताएकाे छ । पहिलाे वाइ ९ -२०१८ मध्ये रेन्ज विधाको ज्यादैनै उत्कृष्ट फोन भएको कम्पनीको दावी छ । यसमा अगाडी पछाडी गरि इन्टलिजेन्ट ४ क्यामेरा जडान गरिएका छ । क्यमेराको इफेक्ट फिचर र सुरक्षित स्मार्ट फेस रेकग्नायजेशन छ । यसमा १३ र २ मेगापिक्सेलको पछाडी भने, १६ र २ मेगापिक्सेल भएको अगाडी सेल्फी क्यामेरा जडान गरिएको छ । ती क्यामेराहरुबाट कम उज्यालोमा पनि सेल्फी टोनिङ फ्ल्यासको प्रदान गर्दछ । क्यामेराहरु उत्कष्ट फोटो लिन सकिने कम्पनीको भनाइ छ ।
कम्पनीको अनुसार सो फोन ठूलो स्क्रीनको साथ ४ हजार एमएएच शक्तीशाली ब्याट्री रहेको छ । साथै ३ जिबी र्र्याम, ३२ जिबी रोम, इएमयुआइ ८.० अपरेटीङ सिस्टम रहेको फोनमा ट्रिपर स्लट रहेको छ । जसमा डुवल सिमको विशेषताका साथ मेमोेरी कार्डको लागि छुट्टै स्लट छ ।
सार्वजनिक गरिएकाे दोस्रो वाइ७ प्रो २०१८ लाई कम्पनीले डुवल क्यामेरा एक्स्पर्ट फोनको रुपमा बजारमा ल्याएको छ । युवाहरुलाई फोकस गरेर सार्वजनिक गरेको सो मोबाइल आकर्षक डिजाइनको साथै इन्टेलिजेन्ट डुअल रिअर क्यामेरा सेटअप र टोनिङ फ्ल्यासको साथमा ल्याइएकाे छ ।
वाइ ७ प्रोमा १३ र २ मेगापिक्सेलको डुअल रिअर क्यामरा भने ८ मेगापिस्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । क्यामेराले लाईट पहिचान गरि होशियारीपपूर्वक ब्राईट्नेसको स्तरलाई मिलाएर प्राकृतिक देखिने सेल्फी खिच्न मद्दत गर्दछ । साथै उक्त फोनमा सबैभन्दा सुरक्षित फेस अनलकको समेत व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा अत्याधुनिक सेक्युरिटी एलगोरिद्म समावेश गरिएको छ ।
फोनको अन्य विशेषतामा ट्रिपल सिम स्लट, ५.९९ इन्चको एचडी प्लस, फुल भ्यु डिस्प्ले लगायत रहेको छ । कम्पनीले पहिलो वाइ ९ को बजार मुल्य २५ हजार ९ सय भने, दोस्रो वाइ७ प्रोको मुल्य २० हजार ९०० रुपैयाँ तोकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.