लिक्वर्स प्रालिको रोयल च्यालेन्ज ह्विस्की बजारमा

  २०७४ चैत २५ गते १७:४०     विकासन्युज

काठमाडौं । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले नेपालको अल्को–बेभरेज उद्योग तिब्र गतिमा बिस्तार भैइरहेको बताइएको छ । द्रुत गतिमा वृद्धि भैइरहेको बजारमा राजेश वीर सिंह तुलाधरले युनाइटेड स्पिरिट्स प्रालिबाट नेपाल लिक्वर प्रालि (विगतमा युनाइटेड स्पिरिट्स नेपाल प्रालिको रूपमा परिचित) को शेयर प्राप्त गरेका समेत जानकारी गराएको छ ।

उनले नेपाल लिक्वर्स प्रालिमा रहेको युनाइटेड स्पिरिट्स लिमिटेड, इण्डिया (डाएजिओ पिएलसीअन्तर्गतको कम्पनी) को सबै शेयर प्राप्त गरेको जानकारी दिए ।

कम्पनीले आफ्नो बजार थप बिस्तार गर्दै रोयल च्यालेन्ज ह्विस्की प्रस्तुत गरेको जानकारी दिएको छ । कम्पनीका बिक्री तथा बजार प्रबद्र्धन महाप्रबन्धक राजेशप्रकाशले रोयल च्यालेन्ज ह्विस्की अमेरिकी क्यास्कहरूमा राखी, पूर्णरूपमा परिपक्व बनाई तयार पारिएको उनको भनाइ छ । ह्स्किी अनाजयुक्त ह्विस्की रहेको जनाइएको छ । रोयल च्यालेन्ज ह्विस्की स्कच र उच्चगुणस्तरीय भारतीय अनाजहरूको गहन तथा सघन मिश्रण भएको बताइएको छ ।

कम्पनीको अनुसार सिंह र एउटा गोलाकार पदक सहितको प्रतीक नै रोयल च्यालेन्जको निशानी रहेको कम्पनीको भनाइ छ । ब्राण्डको प्याकेजिंगले उच्चस्तरीय, उत्कृष्ट गुणस्तरको, साहसी र पौरखी प्रकृतिको छनक दिने कम्पनीको भनाइ छ ।

रोयल च्यालेन्जको ७५० मिलिलिटर प्याक मूल्य रु १ हजार ३६० रुपैयाँ हरेको छ । त्यस्तै ३७५ मिलिप्याकको मुल्य रू ६८० र १८० मिलिप्याकको मुल्य ३४० रुपैयाँ तोकेको छ ।

नेपाल लिक्वर्स प्रालि अन्तर्गत विभिन्न लोकप्रिय ब्राण्डहरू समेटिएको बताइएको छ । जसमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याक्डोवल्स नम्बर वन ह्विस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम र ब्लु रिवाण्ड जिन रहेको छ ।